विहिबार हुने भनिएको माधव नेपाल समूहको कार्यक्रम स्थगित
काठमाडौँ ७ वैशाख । विहिबार अर्थात् आगामी वैशाख ९ गते हुने भनिएको माधव नेपाल समूहको कार्यक्रम स्थगित गरिएको छ । कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा गर्न लागेको कार्यक्रम कोभिड–१९ को बढ्दो संक्रमणका कारण स्थगित गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।
त्यस्तै भट्टराईले एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भएको आरोप लगाएका छन् ।
त्यस्तै भट्टराईले एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भएको आरोप लगाएका छन् ।