image
image
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै संचालनमा आउँछ : प्रधानमन्त्री ओली

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै संचालनमा आउँछ : प्रधानमन्त्री ओली


काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइ एयर एसियाले शुक्रबारदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका हुन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौं ।’ 

‘हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं । यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ । विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरूलाई समेत अनुरोध गर्छु ।’ विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरूलाई अनुरोध गर्दै ओलीले यस्तो भनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।