image
image
निजी क्षेत्रलाई समेटेर विद्युत् विधेयक चाँडो पारित गर्न इप्पानको माग

निजी क्षेत्रलाई समेटेर विद्युत् विधेयक चाँडो पारित गर्न इप्पानको माग


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवालहरु समेटेर पारित गराउन माग गरेको हो ।

प्रस्तावित विधेयकमा भएको प्रतिस्पर्धाको प्राबधानले निजी क्षेत्रको ढोका बन्द गरी उनीहरुसँग रहेका करिव ३० हजार मेगावाट क्षमताका आयोजनाहरु स्वतः खारेज हुने र ती आयोजना विदेशीको हातमा जाने गुनासो गरेका हुन् ।सो संस्थाले पाइपलाइनमा रहेका १३ हजार मेगावाट क्षमताका आयोेजनाहरुको छिटो विद्युत व्यापार सम्झौता (पिपिए) खुला गराउन पनि माग गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।