image
image
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रबार तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज  अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसदैछ । 

अर्थ समितिमा आज राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गरिने छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ ।

 उक्त बैठकमा  विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल गरिने संघीय संसद सचिवालयले जानकारी दिएको छ । त्यसैगरी, बिहान ११ बजेका लागि बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको गत आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।