image
image
देशमै बस्न सक्ने अवस्था नबनाएसम्म युवा दिवसको के अर्थ ?– मन्त्री चौधरी

देशमै बस्न सक्ने अवस्था नबनाएसम्म युवा दिवसको के अर्थ ?– मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलनल चौधरीले,जबसम्म युवाहरुलाई नेपालमा बस्न योग्न बनाउन सकिँदैन तबसम्म युवा दिवस मनाएर मात्रै केही नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवस २०२४ मूल समारोह समिति गठन कार्यक्रममा उनले जबसम्म युवाहरुलाई देशमै रोजगारी सृजना गर्न, युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन् तबसम्म युवा दिवस मनाएर केही पनि नहुने बताए । 

उनले भने,मन्त्रालयमा हामी तीनसय जना बसेर युवा दिवस मनाएर भव्य हुँदैन् ।  देशका युवाहरु जबसम्म नेपालमा बस्नयोग्य बनाउन सकिँदैन, युवाहरुलाई रोजगारी सृजना गर्न सकिँदैन् । युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन् । जागरण अभियानमा लगाउन सकिँदैन् । तबसम्म केही हुँदैन् ।’

उनले आजैबाट नेपाली युवाहरुलाई नेपाल मै रोजगारी दिन सक्नेगरी वहस अगाडि सार्न सुझाव दिए । उनले युवाहरुलाई क्रियाशील बनाउन सक्रिय हुनका लागि सबैमा आग्रह समेत गरे । 

‘अझै पनि हाम्रो देशमा युवाले बालबालिकाले पढ्न सकेको छैन् । म सम्पूर्णमा आग्रह गर्न चाहन्छु । हामी युवा दिवस मनाउ भव्य र सभ्य रुपमा आजदेखि प्रण गरौं । नेपाली युवाहरुलाई नेपालमै कसरी रोजगारी दिन सक्ने वहस अगाडि सारौं । युवाहरुलाई क्रियाशील बनाउन सक्रिय हुनका लागि सबैमा आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।