सर्यो राप्रपाको महाधिवेशन
काठमाडौँ ०७ वैशाख । पूर्वपञ्चहरुको बाहुल्य रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन एक महिना पछि सरेको छ । बढ्दो कोरोना महामारी एवम् सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशन गर्न समय अपुग भएकाले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
नेता मोहन श्रेष्ठका अनुसार महाधिवेशन २२-२५ जेठमा गर्ने निर्णय भएको छ । यसअघि २५-२८ वैशाखमा महाधिवेशन गर्ने निर्णय भएकोमा केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले सो निर्णय गरेको हो ।
नेता मोहन श्रेष्ठका अनुसार महाधिवेशन २२-२५ जेठमा गर्ने निर्णय भएको छ । यसअघि २५-२८ वैशाखमा महाधिवेशन गर्ने निर्णय भएकोमा केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले सो निर्णय गरेको हो ।