image
image
संसदमा बोल्दा तथ्यपूर्ण बोलौं, झुटको सहारा नलिनु : प्रधानमन्त्री ओली

संसदमा बोल्दा तथ्यपूर्ण बोलौं, झुटको सहारा नलिनु : प्रधानमन्त्री ओली

 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गरेका छन् ।प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा तथ्यपूर्ण रुपमा बोल्न र गलत कुरा नबोल्न सांसदहरुलाई आग्रह गरेका हुन् ।उनले आइतबार संसदमा आफुले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले आफुले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफुले स्पष्ट रुपमा राखेको बताए । संसदमा आफुले आइतबार मात्र बोलेको कुरालाई गलत रुपमा प्रस्तुत गरेको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।