image
image
ओलीली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांग्रेससले दिने छैन : विश्वप्रकाश शर्मा

ओलीली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांग्रेससले दिने छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सबै तवरबाट साथ दिएपनि विगतमा गरेका गलत मुद्दाहरुलाई साथ दिन नसकिने टिप्पणी गरेका छन् । शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री  शर्माले ओली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांग्रेससले नदिने बताए ।

उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिन्छ । तर उत्तिकै खरो रुपमा प्रस्तुत पनि हुनेछौं । विश्वासको मत दिएका छौं तर उहाँले विगतमा गरेका गलत मुद्दाहरुलाई थान्को लगाउने काम हँुदैन । उहाँको नेतृत्वको सरकारले गर्ने कमजोरीमा मौन बस्न पनि मिल्दैन । दुई दल मिलेर सरकार बनाउन त मिल्छ तर संविधान संशोधन गर्नका लागि माओवादी, रास्वपा र मधेशवादी दलहरुसँग समन्व गर्न सक्नुपर्दछ । ’

नयाँ सरकार बनेको बेला कतै प्रतिपक्ष कमजोर हुन्छ कि भनेर आमवौद्धिक क्षेत्रमा चिन्ता रहेको उल्लेख गर्दै भर्खरै बाहिरिएका पार्टीहरुले खरो रुपमा प्रस्तुत हुने विश्वास लिएको बताए । ‘नयाँ सरकार बनेको बेलामा कतै प्रतिपक्ष कमजोर हुन्छ कि भनेर आमवौद्धिक क्षेत्रमा चिन्ता छ । तर, प्रतिपक्षमा रहेको माओवादी खरो ढंगले नै प्रतिपक्ष बनेर उत्रिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि खरो रुपमा प्रस्तुत हुनुपर्दछ,’उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।