image
image
कांग्रेस–एमाले समझदारीमा प्रतिगमन र निरंकुशता लुकेको छ : प्रधानमन्त्री दाहाल

कांग्रेस–एमाले समझदारीमा प्रतिगमन र निरंकुशता लुकेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने दाबी गरेका छन् । प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेसको सत्ता सहकार्यको समझदारीमा प्रतिगमन र निरंकुशताको झल्को देखिने गरेको चिन्ता व्यक्त गरे । 

उनले भने, ‘मलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको छ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाउँदैनन् । लोकतन्त्र भएका देशहरु अमेरिका, बेलायत, भारत लगायतको देशमा यस्तो अभ्यास गरिएको छैन । जसलाई तपाइँहरुले आर्दश ठान्नुहुन्छ । एउटा विषेश परिस्थितिमा हामीले संविधान भूकम्पको बेला मैले प्रतिपक्षी भएपनि म सत्तापक्षको साथ छु भनेको थिएँ । तर आज तपाइँ बाढी पहिरो आउन लाग्यो भनेर मिल्न लाग्नुभएको हो रु संसदको पहिलो र दोस्रो दल मिल्दा जहिले पनि लोकतन्त्रलाई कमजोर बनाएको छ र निरंकुशताको सिर्जना भएको छ ।’मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।