image
image
'अल्फा' मा सुपर-एजेन्टको भूमिकामा आलिया भट्ट

'अल्फा' मा सुपर-एजेन्टको भूमिकामा आलिया भट्ट

 

काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्ट चाँडै यशराज फिल्म्सको आगामी स्पाइ थ्रिलर फिल्म 'अल्फा' मा देखिदै छन् । यस फिल्ममा आफ्नो स्पेशल लुकका लागि आलिया भट्टले पनि कडा प्रशिक्षण लिएकी छिन् । यस फिल्ममा आलिया यसअघिका उनका फिल्म भन्दा फरक रुपमा प्रस्तुत हुदै छन् । आलियाले ५ जुलाईबाट स्पाइ ब्रह्माण्ड फिल्म ‘अल्फा’ को सुटिङ सुरु गरेकी छिन् ।

अब आलियाको आगामी फिल्म ‘अल्फा’ को शुटिंग शुरु गरेपछि यसको चर्चा शुरु भएको छ । आलियाले ‘अल्फा’ मा पहिलेभन्दा फिट र हट देखिनका लागि चार महिनाको कडा प्रशिक्षण लिएकी छिन्, ताकि उनी यस फिल्ममा पहिलेभन्दा फरक र फिट देखिन सकोस् । यद्यपि, आलिया फ्यानहरूको नजरमा पहिलेदेखि नै एकदमै फिट र हट छिन् ।

शिव रवैलले निर्देशन गरेको यो एक्सन थ्रिलर फिल्ममा आलिया भट्टसँगै ‘मुंजा’ स्टारर अभिनेत्री शर्वरी वाघ पनि देखिनेछिन् । हालै आलिया, शर्वरी वाघ र फिल्ममेकर शिव रवैलले आफ्नो आगामी फिल्म ‘अल्फा’ सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । आदित्य चोपडाले निर्माण गरेको चलचित्र ‘अल्फा’को छायांकन निरन्तर चलिरहेको छ । 

आलिया महिलाको प्रमुख भूमिका भएको यशराजको 'जासूस' को कथामा अल्फा बन्न लागेको छ । यसमा उनी एक सुपर-एजेन्टको भूमिकामा देखिनेछिन् । यसलाई शिव रवैलले निर्देशन गर्दैछन्, उनले यसअघि 'द रेलवे मेन' वेब सिरिज निर्देशन गरिसकेका छन् ।

यसअघि 'रकी और रानी की प्रेम कहानी' को अपार सफलता र 'हार्ट अफ स्टोन' बाट हलिउडमा डेब्यू गरेपछि आलियाले 'जिगरा' मा एक अभिनेता र निर्माताको रूपमा काम गरेकी थिइन् ।

आफ्नो आगामी फिल्म ‘जिगरा’ को पोस्ट प्रोडक्सनको काम भइरहेका बेला नायिकाले अर्को एक्सन थ्रिलर ‘अल्फा’ को छायांकन सुरु गरेकी छिन् । उनको फिल्म 'जिगरा' ११ अक्टोबर २०२४ मा रिलीज हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।