image
image
प्रधानमन्त्री दाहाललाई मत नदिन कांग्रेसको ह्विप

प्रधानमन्त्री दाहाललाई मत नदिन कांग्रेसको ह्विप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको शुक्रबारको  बैठकमा विश्वासको मत लिँदैछन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज आफ्ना सबै सांसदलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले लिने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । 

‘मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन विहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नेपालको संविधानको धारा १०० को उपधारा (२० बमोजिम आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन) व्हिप जारी गरिन्छ।’ पार्टीका प्रमुख सचेतक रमेश लेखकद्धार जारी ह्विपमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।