आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदैँ
काठमाडौँ। सरकारले आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ ६ महिनादेखि ५ वर्षमुनिका बालबालिका र जुकाको औषधि १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई खुवाउन थालिएको जानकारी दिए ।
कार्यक्रमअन्तर्गत देशभरका ५२ हजार केन्द्रबाट ५ वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।
‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ । उनले सोमवार खुवाउन बाँकी भएका बालबालिकालाई भोलि मंगलवार खुवाइने जानकारी दिए ।
भिटामिन ‘ए’ खुवाउँदा बाल मृत्युदर ३० प्रतिशतले घटेको अध्ययनले देखाएको उनले जानकारी दिए । भिटामिन ‘ए’ कुषोषण, रतन्धोबाट बचाउनका लागि खुवाउने गरिन्छ ।