‘रविको सहकारी काण्ड र दोहोरो पासपोर्टको रास्वपाले पनि छानबिन गर्नुपर्छ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले पदमुक्त गरेपछि डा। मुकुल ढकालले सभापति रवि लामिछानेमाथि पार्टीले पनि छानबिन गर्नुपर्ने बताएका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले तथ्यहरू परिवर्तन भएको भन्दै यस्तो बताएका हुन्। सर्वोच्च अदालतका दुई न्यायाधीशबीच पनि छानबिन गर्ने विषयमा राय नबाझिएको भन्दै ढकालले सहकारी काण्ड र दोहोरो पासपोर्टमा पार्टीले पनि छानबिन गर्नुपर्ने बताएका हुन्।
उच्चस्तरीय समितिमा रवि लामिछाने क्लबका मान्छे राख्न नहुने भन्दै उनले स्वतन्त्र मानिसहरू राख्नुपर्ने बताए।
पार्टी रवि लामिछाने क्लबमा परिणत भएको भन्दै ढकालले आफूमाथिको कारबाही गैरकानुनी भएको जिकिर गरे। आफू अहिले पनि पार्टीको महामन्त्री भएको उनको दाबी छ।









