अन्जना शाह फेरि राप्रपामै
काठमाडौँ । पार्टीभित्रको अन्तर्विरोधप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट बाहिरिएकी नेतृ अन्जना शाह रावल अन्ततः पार्टीमै फर्किएकी छन्। शीर्ष नेताहरूले राजीनामा नदिन गरेको आग्रह र विषम परिस्थितिलाई ध्यानमा राख्दै आफू पार्टी जिम्मेवारीमा फर्किएको शाहले जनाएकी छन्।
उनले आगामी दिनमा विगतमा जस्तै सक्रिय भएर पार्टीगत काममा लाग्ने प्रतिबद्धता जनाएकी छन्। केही समयअघि मात्रै पार्टीभित्रको असन्तुष्टिले शाहले पार्टी त्यागेकी थिइन्।
उनी गत वैशाख २५ गते काठमाडौंमा भएको राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएकी थिइन् ।









