एमाले नेताको कार्य विभाजन मापदण्ड केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्र खटाउने
एमाले नेताको कार्य विभाजन मापदण्ड केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्र खटाउने
काठमाडौँ । नेकपा एमालेले एक वर्षअघि गरेको केन्द्रीय नेताहरूको कार्य विभाजनमा हेरफेर गरेको छ । यसअघि फरक भूगोलको जिम्मेवारी पाएका नेताहरू अब आफ्नै क्षेत्रमा फर्किएका छन् । बुधवार बसेको सचिवालय बैठकले नेताहरूको एक वर्षअघि गरेको कार्य विभाजन पुरा भएकाले अब नयाँ कार्य विभाजन गर्ने आधारबारे छलफल गरेको जानकारी दिए ।
त्यस्तै एमालेले सबै जिल्लाहरूलाई साउन महिनाभित्र २०८१ को पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ ।
जिल्ला अधिवेशन गर्न बाँकी ११ जिल्लाको अधिवेशन आगामी कात्तिकभित्र सम्पन्न गर्न पनि एमाले सचिवालय बैठकले निर्देशन दिएको छ । साथै निर्वाचन क्षेत्र समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशतसम्म सदस्य मनोनयन गर्न पाउने र सचिवालय समेत बनाउन पाउने गरी अधिकार दिने एमालेले जनाएको छ ।
सचिवालय बैठकले पार्टीको सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौडेल र भूमि व्यवस्था विभागको सचिवमा विजय पौडेललाई तोकेको छ । यसका साथै सचिवालय बैठकले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएका केही प्रस्तावहरू अनुमोदन गरेको छ ।









