image
image
जीवी राई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमाला लगाउँछौं : सांसद शाही

जीवी राई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमाला लगाउँछौं : सांसद शाही

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्रीलाई आफूहरुले फुलमालाले स्वागत गर्ने बताए । पुराना राजनीतिक दल र तिनका नेताहरुले देश बर्बाद पारे भन्दै जनमत पाएको भएपनि रास्वपा पनि उही बाटोमा हिंडेको शाहीको आरोप छ । 

उनले भने, ‘सभामुख महोदय, जात्रा हेरियो । पूरानाहरुले त गरे गरे, नयाँ साथीहरुलाई देख्दा थप अझै अचम्म लाग्छ मलाई । हामीलाई किन जिताएको जनताले ? ३३ वर्षदेखि पूराना नेताहरुले लुटे भनेर जनमत दिइएको हो । पद र प्रतिष्ठाका लागि हो जस्तो लाग्दैन । गृहमन्त्रीसँग केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुस, यही संसदमा फुलमालाले स्वागत गर्छौं । निर्वाचित भएको ७२ घण्टाभित्र निर्मला पन्तका हत्यारा पक्राउ गर्छु भनेपछि जनताले मत दिएर जिताएका हुन् ।’ 

गृहमन्त्री फाइल खोल्छु भन्दै धम्क्याएर हिँडेको भन्दै बाँकी रहेको अवधीमा फाइल खोल्न चेतावनी दिए । ‘आज सरकारमा गएको एक सय २४ दिन भयो । सत्ता उहाँको हातमा छ । गृहमन्त्री हुनुहुन्छ । खै के भयो? फाइल खोल्छु भन्दै धम्की दिँदै हिँडनुभएको छ । अझै सात दिन बाँकी छ । फाइल खोल्नुस न । हामी साथ दिन्छौं’, उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।