image
image
प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ : एमाले

प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ : एमाले

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् ।

बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउदै सरकारलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न समेत आग्रह गरेको बताएका छन् ।प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै राजीनामा नदिएर विश्वासको मत लिएमा आफुहरुले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।