image
image
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । गत सोमबार भएको एमाले र कांग्रेसको सत्ता सहकार्यबारे सांसदहरुलाई जानकारी दिन बस्ने बैठक बिहान १० बजेका लागि बोलाइएको छ । 

संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउने पार्टीका प्रमुख सचेतक महेस बर्तौलाले बताए । 

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो । सहमति अनुसार सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।