image
image
युवाहरुलाई स्वदेशमै रोजगार दिने तयारीमा छौ :  श्रममन्त्री अर्याल

युवाहरुलाई स्वदेशमै रोजगार दिने तयारीमा छौ :  श्रममन्त्री अर्याल


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नेगरि काम गरिरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका लागि पलायन हुने जनशक्तिलाई देशमै राख्ने प्रयासमा लागेको भन्दै जानै पर्ने बाध्यता भएसम्म सुरक्षित रोजगारीका लागि अभिमुखिकरण तालिमको प्रबन्ध गरिएको बताएका हुन् । 

उनले भने, ‘वैदेशिक रोजगारीका लागि खाडि मुलुक जाने कामदारको संख्या दिनदिनै बढिरहेको छ । यसलाई कम गर्नका लागि सरकारले काम गरिरहेको छ । वैदेशीक रोजगारीलाई थप व्यवस्थित बनाउन अभिमुखिकरण तालिमको समेत प्रबन्ध गरेका छौं ।’

उनले सातै प्रदेशमा रोजगारी पाउने व्यवस्थासहित श्रमाधान मेलासमेत समापन गरिएको भन्दै श्रमाधान मेलाले रोजगारदाता र वेरोजगार युवाहरुलाई जोड्ने पुलको काम गरेको बताए । मन्त्री अर्यालले सिप विकास, रोजगार सेवालगायत सबै प्रकारका श्रम तथा रोजगार सेवाहरू स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट प्रवाह भइरहेको दाबी पनि गरेका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।