image
image
आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्दैछौं : अर्थमन्त्री  पुन

आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्दैछौं : अर्थमन्त्री  पुन


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशको आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित नेपालको कृषिको रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले चालु बजेटमा आलु प्याज लगायतमा लगाएको भ्याट हटाई आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको उल्लेख गर्दै त्यसले कृषिको आधुनिकीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘हामीले आफ्नो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर अहिले बजेट मार्फत चालु बजेटमा भ्याट लगाईएको थियो । प्याज आलुका आदीमा तर यसपटक त्यो भ्याट हटाईयो । भ्याटको सिदान्त आन्तरिक र बाह्य जहाँ उपयोग हुन्छ त्यहाँ भ्याट लाग्ने कुुरा हुन्छ । तर त्यो हटाईयो । हामीले आफ्नो आन्तरिक उत्पादनलाई नीतिगत रुपले संरक्षण गर्ने कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको छ । यसले कृषिको आधुनिकिकरणमा योगदान पुग्छ भन्ने सरकारको विश्वास छ ।’ 

उनले सरकारले पाँच वटा रुपान्तरण क्षेत्रमध्ये आईटी क्षेत्रलाई अगाडि सारेको र गएको वर्ष ६६ अर्बको निर्यात गरिसकेकोमा यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुने उनको दाबी छ । उनले भने, ‘यो वर्ष हामीले पाँच वटा रुपान्तरण क्षेत्र मध्य आईटी क्षेत्रलाई अगाडि सारेका छौं । आईटी क्षेत्र गएको वर्ष ६६ अर्वको निर्यात भयो । यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुन्छ आईटी क्षेत्रको सेवा ।’ 

उनले कृषि औद्योगिकरणमा गएपनि कृषि क्षेत्रको सेवाबाट औद्योगिकरणमा जाने बाटो सहज नभएको उनको भनाई छ । अर्थमन्त्री पुनले उत्पादनपछिको अनुदान व्यवहारिक हुने भन्दै विगतका अनुदान नीतिहरुको सदुपयोग नभएको धारणा राखे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।