image
image
आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ देखि प्रदर्शनमा आउने

आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ देखि प्रदर्शनमा आउने

काठमाडौँ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’ले प्रदर्शन मिति तोकेको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्मले तीजलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गरिएको छ ।

सार्वजनिक पोस्टरमा भने अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्माचार्यलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । यसमा आँचल र विवेकले एक्सन पनि गरेका छन् । फिल्ममा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ ।

फिल्ममा जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्मातामा छन् । एलआरके प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सुदिप बरालको छायांकन रहेको छ भने हिमाल केसीको द्वन्द्व निर्देशन छ । फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भन्ने जनाइएको छ ।नेपाल र रोमानियामा छायांकन भएको फिल्मको हाल पोष्ट प्रोडक्शनको काम भइरहेको निर्देशक चाम्सले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।