image
image
गिरिबन्धु टी–स्टेटको जग्गा अझै कब्जा गर्ने तयारी हुँदैछ : सासंद शाही

गिरिबन्धु टी–स्टेटको जग्गा अझै कब्जा गर्ने तयारी हुँदैछ : सासंद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद ज्ञानेन्द्र बहादुर शाहीले केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयक अध्यादेशको नाममा गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने दाउसहितको अध्यादेश ल्याएको आरोप लगाएका छन् । 
 
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरेर गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ सदनबाट पारित गर्ने भनेर रणनीति बनिरहेको बताए । 

उनले भने,‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयकको अध्यादेश आयो भनेको त गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने अध्यादेश आएछ । अगाडिबाट कान समात्नु र पछाडिबाट कान समात्नु उस्तै हो । भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरी गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ यही सदनबाट पारित गर्ने भनेर नीति बनिरहेको छ ।’

उनले स्थानीय तहमा अब दलबिहीनको राजनीति आवश्यक रहेको पनि बताए । उनले भने,स्थानीय तहमा अब दलबिहीनको राजनीति आवश्यक छ । हाम्रो छिमेकी मूलुकदेखि बिभिन्न देशहरुमा स्थानीय तहमा दलबिहीन कै राजनीति हुने गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।