image
image
प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ : सांसद सापकोटा

प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन राज्यका सबै संयन्त्रहरुलाई प्रभावकारी ढगंले परिचालनका लागि आग्रह गरे । 

उनले भने,‘प्राकृतिक विपत्तिमा परेर घाइते सबै नेपाली नागरिकहरुका लागि निशुल्क उपचारको व्यवस्था मिलाइकन थप क्षतिहरु न्यूनीकरणका निमित्त राज्यका सबै संयन्त्रहरुलाई प्रभावकारी ढगंले परिचालनका निमित्त आग्रह गर्न चाहान्छु ।’उनले शान्ति प्रक्रियाको काम अझैपनि टुङ्गो लाग्न नसकेको भन्दै चाँडो भन्दा चाँडो टुङ्ग्याउन माग गरे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।