image
image

२४ घण्टामा १ हजार भन्दा बढी संक्रमण, सबै भन्दा धेरै काठमाडौँमा

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

हाल ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । यही अवधिमा २६२ जना डिस्चार्ज भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।