image
image
विश्वकप जितेपछि द्रविडले भने- खेलाडीको रुपमा जित्न सकिन, प्रशिक्षक बनेर जिते

विश्वकप जितेपछि द्रविडले भने- खेलाडीको रुपमा जित्न सकिन, प्रशिक्षक बनेर जिते

काठमाडौँ । भारतीय क्रिकेट टोलीको कोचिङ छोडेपछि राहुल द्रविडले टी–२० विश्वकपमा टिमले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । उनले यो जित सम्भव बनाउन कप्तान रोहित शर्मा, टोली र सपोर्ट स्टाफलाई धन्यवाद दिएका छन् ।

विश्वकप जितेपछि राहुल द्रविडले भने, ‘खेलाडीको हैसियतले मैले ट्रफी (विश्वकप) जित्न सकिन । म त्यति भाग्यमानी थिइनँ तर जहिले पनि खेलेँ मैले आफ्नो उत्कृष्ट दिएँ । विश्वकप जित्न नसकेका धेरै खेलाडी छन् । तर म भाग्यमानी थिएँ कि मैले भारतीय टोलीको प्रशिक्षक बन्ने मौका पाए ।'

उनले भने, ‘म भाग्यमानी थिए कि हाम्रा खेलाडीहरुको यो समूहले जित सम्भव बनायो । रोहित र यो टोलीसँग काम गर्दा मलाई रमाइलो लाग्यो । म खुसी छु कि हामीले सक्दो गर्यौं ।' उनले अगाडी भने- 'म भाग्यशाली थिए कि प्रशिक्षक र सहयोगी स्टाफको समूह छ जसले हामीलाई यो विश्वकप जिताउन मद्दत गर्यो ।'

विश्वकप जितेसँगै द्रविडले भारतीय क्रिकेट टिमको प्रशिक्षकको कार्यकाल सकिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले नयाँ प्रशिक्षकको चयनका लागि आवेदन मागेर अन्तर्वार्ता समेत लिइसकेको छ । मिडिया रिपोर्टका अनुसार भारतले पुर्व खेलाडी गौतम गम्भीरलाई राष्ट्रिय टिमको कप्तान बनाउने सम्भावना रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।