image
image
बलियो संसद लोकतन्त्रको आधारशीला हो : सभामुख घिमिरे

बलियो संसद लोकतन्त्रको आधारशीला हो : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बलियो संसद लोकतन्त्रको आधारशीला भएको हुँदा संसदलाई लोकतन्त्रको मन्दीरका रुपमा लिइदै आएको बताएका छन् । संसद् दिवसका अवसरमा आयतबार शुभकामना सन्देशमा जारी गर्दै सभामुख घिमिरेले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने उल्लेख गरेका छन् ।

संसदप्रति जनताको आस्था र विश्वासलाई उचाइमा पु¥याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । ‘बलियो संसद लोकतन्त्रको आधारशीला हो । त्यसैले संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ । लोकतान्त्रिक संसदको आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो ।संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा नेपालको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व हामी सबैको हो । 

कानून निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिन्छ,’सभामुखद्धारा जारी विज्ञप्तिा उल्लेख छ । 

वि.सं. २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । संसद स्थापनाको स्मरण गर्दै संघीय संसद र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम गर्दै संसद दिवस मनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।