image
image
कृषि पेसामा आकर्षण बढाएर विदेशिने युवा जनशक्ति स्वदेशमै रोक्नुपर्छ : राष्ट्रपति पौडेल

कृषि पेसामा आकर्षण बढाएर विदेशिने युवा जनशक्ति स्वदेशमै रोक्नुपर्छ : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धान उत्पादनमा जोड दिँदै कृषि पेसामा आकर्षण बढाएर युवा जनशक्ति स्वदेशमै रोक्नुपर्ने बताएका छन्। ‘कृषिलाई आकर्षक पेसाको रुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेश मै रोक्ने पहल गरौं भन्ने मेरो आग्रह छ’ राष्ट्रपति पौडेलले भनेका छन् । २१ औँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गरी राष्ट्रपति पौडेलले जमिन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताएका हुन् ।   

कृषि क्षेत्रमा जनशक्तिको अभाव बढ्दै जानु दुःखद रहेको भन्दै  उनले धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बिउ र दक्ष जनशक्ति तयार गर्न तथा उत्पादन वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न  हुने  गरी ध्यान दिनुपर्ने बताएका छन्।

उनलेभ भनेका छन्, ‘नेपालको धान खेती आकासे सिचाइँमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेती योग्य जमिनमा सिचाइँ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु। कृषि क्रान्तिको पहिलो कदम सिचाइँ सुविधा हो। त्यही भएर आधुनिक खेती प्रणाली मार्फत जनताको जीवनस्तर माथि उठाउन खेतीयोग्य जमिनमा सिचाइँ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बिउ र दक्ष जनशक्ति तयार गर्न हाम्रो ध्यान जान जरुरी छ ।’

‘कृषिप्रधान मुलुक भएकाले अधिकांश जनता कृषिमै निर्भर रहेको र प्रमुख खाद्यान्न बाली धान रहेकाले धान खेती आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक रूपले समेत महत्त्वपूर्ण छ’, पौडेलले भनेका छन्। 

यस्तै, राष्ट्रपति पौडेलले खाद्यान्नमा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रूपमा लिई खाने बानीमा समेत परिवर्तन गरी अन्य बालीलाई समेत प्रवर्धन गर्नुपर्ने तर्क गरेका छन्। उनले बढ्दो धान –चामलको आयात चिन्ताको विषय रहेको उल्लेख गर्दै धान उत्पादनमा आत्मनिर्भर हुन राज्यले सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन् । 

‘धान एवम् चामल आयात वर्षेनी बढ्दै जानु चिन्ताको विषय हो। जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो छ । हाम्रो श्रम शक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौंका संख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद हो,’ उनले भनेका छन् । कृषिलाई आकर्षक पेसा रुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेश मै रोक्ने पहल गर्न राष्ट्रपति पौडेलले आग्रह गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।