image
image
स्वदेशमै मतदानको राम्रो व्यवस्था नगर्नेले विदेशमा रहेकालाई कसरी गर्लान ?– दिनेशकुमार थपलिया

स्वदेशमै मतदानको राम्रो व्यवस्था नगर्नेले विदेशमा रहेकालाई कसरी गर्लान ?– दिनेशकुमार थपलिया

 

काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदानको व्यवस्था देशमै राम्रो नगर्नेले विदेशमा रहेकालाई मताधिकार दिन्छु भन्नु सान्दर्भिक नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित निर्वाचनमा आन्तरिक र बाह्य आप्रवासनको प्रभाव विषयक कार्यक्रममा उनले संविधानले प्रदान गरेको मतदान अधिकारलाई संविधानले सुनिश्चित गर्ने र त्यही अन्तर्गत बनेको कानूनले त्यसलाई ग्यारेन्टी नगर्ने व्यवस्थाबाट निकास निकाल्न नसकिने बताए ।

उनले भने,‘देश भित्र अथवा बाहिर रहेका कुनैपनि नागरिकको अन्तिम मतदाता नामावलीमा नाम छ । उसले आफ्नो वडामा गएर मत हाल्न सक्छ । एउटा गाउँपालिकामा जन्मिएर वाध्यतावस कुनै पेसा व्यवसाय वा रोजगारीका कारण अर्को ठाउँमा गएकालाई कसरी मतदानको व्यवस्था मिलाउन सक्छौं भन्ने कुरा प्राथमिकतामा छ । तर मतदानको व्यवस्था मिलाउन नसक्नेले संसारको जुनसुकै कुनामा भएका मानिसलाई पनि मताधिकार दिन्छु भनेर गुड्डी हाँक्दै हिड्नु कत्तिको सान्दर्भिक होला ?,’उनको प्रश्न थियो ।त्यस्तै उनले संविधानले प्रदान गरेको मतदान अधिकारलाई सुनिश्चित गर्ने त्यही अन्तर्गत बनेको कानूनले त्यसलाई ग्यारेन्टी नगर्ने व्यवस्थाको निकास के हुने भन्ने पनि प्रश्न गरे । 

उनले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा मताधिकार दिने विषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको भन्दै अहिले अधिकार दिइहाल्यो भने प्रतिनिधिसभाको समानुपातिकमा मात्र दिन सकिन्छ भन्ने निष्कर्षमा रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।