image
image
कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु सडक आन्दोलनमा

कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु सडक आन्दोलनमा

काठमाडौँ । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुन भन्सारमा गरेको कर वृद्धिको विरोधमा व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बुधबार उनीहरुले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् । 

उनीहरुले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति खारेज गर’, ‘हामी व्यवसायीहरु र कालिगढहरुलाई बिस्तापित गर्न पाइदैन’, ‘१५ प्रतिशत भन्सार दरबाट २० प्रतिशत भन्सार वृद्धि दर खारेज गर’, ‘पुरानै भन्सार दर लागु गर’, लगायतका प्लेकार्डहरु बोकेका थिए । 

राष्ट्र बैंकले दैनिक १० किलोसम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी व्यवस्था गरेको थियो  । तर यसमा पनि भन्सार बढेर २० प्रतशत पुगेर महँगो पर्न गएको व्यापारीहरुको गुनासो छ । 

कार्यक्रममा सहभागी काठमाडौं सुन –चाँदी व्यवसायीसंगको अध्यक्ष रोहिना देवी शाक्यले, राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा उत्रिएको बताईन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।