image
image
मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँछौं : गृहमन्त्री लामिछाने

मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँछौं : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा मन्त्रालयले ताला लगाउँने बताएका छन् । 
बुधबार काठमाडौंमा आसरा सुधार केन्द्रले लागुऔषध दुरुपयोग तथाअवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको २०२४ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले उपचार गर्ने नाममा महंगा होटेल चलाएको जस्तो गरेर मापदण्ड पूरा नगरिखोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँने बताएका हुन् । 

उनले भने,‘व्यापार गर्न पाउने तपाईंको अधिकारको म सम्मानगर्दछु । तर ड्रग्समा डुबेकालाई उपचार गर्ने नाममामहंगामहंगाहोटेल चलाएको जस्तो गरेर बिलमाथि बिल पठाएर मापदण्ड पूरा नगरेर भाषणहरुमा मात्र ठूला कुरा गर्नुभयो भने मन्त्रालयमा तपाईँका सेन्टरहरुमा लगाउँने तालाहरु छन् ।लगाउँनका लागि हामी तयार हुन्छौं । यो कुरा म एमदमै प्रष्ट गर्न चाहन्छु ।’ 

उनले सुरक्षा निकायमा गैर कानुनी रुपले आफूले कुनै अर्डर नदिने भन्दै कर्तव्य निष्ठा भएर युवायुवती लाई विर्गान ड्रग्स सप्लाई गर्नेहरूलाई कुनै चान्स नदिई काम गर्नका लागिआग्रह गरे । मन्त्री लामिछानेले लागूऔषध दुरुपयोग निर्मूलका लागि योजना लिएर आएमा मन्त्रालयबाट सबै सहयोगको लागि पहल गर्ने विश्वास दिलाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।