image
image
बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

 

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन् ।

ह्वीपमा भनिएको छ- 'आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१-०८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु ।'

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो । आज विभिन्न मन्त्रालयहरुको विनियोजित बजेटमा छलफल सकेर आजै बजेट पारित गर्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।