image
image
नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ । बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइसकेका छन् । यस्तै, उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले बैठकको नेतृत्व गर्दैछन् । 

बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनिया सहयोग लगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ । 

बैठकमा नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई सिघ्र सम्पन्न गर्नेबारे समेत छलफल हुने परराष्ट्रले जनाएको हो । यसैबीच तीन दिने नेपाल भ्रमणमा रहेका वेइडोङले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा हिजो साँझ भएको भेटमा प्रधानमन्त्री दाहाल र उपविदेशमन्त्री सुनबीच नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल भ्रमण सकेर १२ गते स्वदेश फकिनु अघि उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत शिष्टाचार भेटवार्ता गर्ने छन् । संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।