image
image
छाउपडी घटनाबारे राष्ट्रिय सभामा जवाफ दिन गृहमन्त्रीलाई निर्देशन

छाउपडी घटनाबारे राष्ट्रिय सभामा जवाफ दिन गृहमन्त्रीलाई निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले छाउपडीमा बसेकी अछामकी बालिकामाथि भएको घटनाबारे जवाफ दिन गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । अछामको पञ्चदेवल नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागेका थिए ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा अध्यक्ष दाहालले सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घटनाबारे सभालाई जानकारी दिन गृहमन्त्रीलाई निर्देशन दिएका हुन् ।‘आजको राष्ट्रिय सभा बैठकमा गम्भीरताका साथ उठेको अछामको बालिकामाथि भएको घटनाबारे जानकारी र माननीय सदस्यहरुले उठाउनु भएको सवालका विषयमा जवाफ दिन म माननीय गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँछु,’ अध्यक्ष दाहालले भने । 

त्यस्तै, अध्यक्ष दाहालले गत असार ४ गतेको बैठकमा राष्ट्रिय सभा सदस्यहरुले शून्य समय, विशेष समय लगायत विभिन्न समयमा उठाएका विषयहरुमा जवाफ दिन सरकारका नाममा निर्देशन दिएका छन् । आइतबारको बैठकमा अघिल्लो बैठकमा दिइएको ध्यानाकर्षणको स्मरण गराउँदै अध्यक्ष दाहालले सबै मन्त्रीहरुलाई जवाफ दिने कार्यतालिका नै बनाएर पठाइको पनि सभालाई जानकारी गराए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।