एफसी चितवनमा आबद्ध फ्रेन्च स्ट्राइकर गोरेन जर्कोभिक
काठमाडौँ। फ्रेन्च स्ट्राइकर गोरेन जर्कोभिक नेपाल सुपर लिग टिम एफसी चितवनमा आबद्ध भएका छन्। उनी एनएसएलमा सहभागी हुन आइतबार नेपाल आइपुगेका छन्।
फ्रान्सको लियोनमा जन्मिएका ३४ वर्षीय जर्कोभिकले सन् २००५ देखि व्यवसायिक फुटबल खेल्न थालेका थिए। उनीसँग बेल्जियम, लुथानिया, इरान, थाइल्यान्ड र भियतनामको क्लबबाट खेलेको अनुभव छ।
उनले थाइल्यान्डको बुरिराम युनाइटेडबाट खेल्दा २०१२ मा थाइ कप र थाइ लिगको उपाधि जितेका थिए। सो सिजन उनले १३ गोल गरेका थिए।
यसअघि चितवनले इजिप्टका मिडफिल्डरद्वय एल सायेद शाबन र अहमेद मोहमेद गाबालालाई टिममा भित्र्याएको थियो।
चितवनको प्रशिक्षकमा मेघराज केसी छन्। यस्तै भरत खवास मार्की खेलाडी रहेका छन्।
वैशाख ११ देखि जेठ १ सम्म दशरथ रंगशालामा हुने एनएसएलमा चितवनसहित सात टिमबीच प्रतिस्पर्धा हुनेछ।
चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ।