image
image
गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?

काठमाडौँ । नेपली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सहकारी ठगि प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले भनेको हो भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले गृहमन्त्री रबि लामिछानेले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर गोपनीय सूचना सार्बजनिक गरेको आरोप लगाएका छन् । गृहमन्त्रीले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर उनलाई भगाउन खोजेको हो की यो पक्राउ गर्ने नयाँ तरिका हो भन्दै प्रश्न गरेका छन् ।

शर्माले सुर्य दर्शन सहकारीका ठगिका आरोपीमध्ये एक जना जीबी राई फरार रहेको र अर्को गृहमन्त्री रहेको उल्लेख गर्दै गृहमन्त्रीले सहकारी ठगीमा फरार रहेका व्यवसायिक साथीलाई पक्राउ गर्न किन समय लाग्यो भन्दै प्रश्न गरेका छन् ।

उनले मलेसियाबाट कसैलाई पनि पक्राउ गरेर नेपाल ल्याउन सुपुर्दगी सन्धि आवश्यक नपर्ने बताए ।  उनले गृहमन्त्रीले काम नगरेर स्टन्ट गरिरहेको बताए ।

महामन्त्री शर्माले सहकारी ठगी प्रकरणको छानबिनमा आशंका रहेको जिकिर गरेका छन् । उनले छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरिएको जनाउदै गृहमन्त्रीले संसदमा झुट बोलेको आरोप लगाएका छन् ।
 
   
   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।