image
image
टी–२० विश्वकपः बंगलादेशमाथि भारत विजयी

टी–२० विश्वकपः बंगलादेशमाथि भारत विजयी

काठमाडौं । भारतले जारी टी–२० विश्वकपको सुपर आठमा लगातार दोस्रो जित हासिल गरेको छ ।गएराती सम्पन्न सुपर आठको समुह एक अन्तर्गत भारतले बंगलादेशलाई ५० रन अन्तरले पराजित गरेको हो ।

भारतले दिएको १९७ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १४६ रन बनाएको हो । यस अघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै हार्दिक पाण्डेयको अर्धशतकीय पारीको सहयोगमा २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

यो जितपछि समुह एक मा भारतको २ खेलमा ४ अंक पुगेको छ र भारत सेमिफाइनल नजिक पुगेको छ । त्यस्तै बंगलादेश भने सुपर आठमा लगातार दोस्रो हारपछि सेमिफाइनलको सम्भावना कठिन भएको छ ।अब भारतले सुपर आठको अन्तिम खेलमा सोमबार राती अस्ट्रेलियाको सामना गर्ने छ भने बंगलादेशले मंगलबार बिहान अफगानिस्तानको सामना गर्ने छ ।
    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।