image
image

तनहुँ उद्योग वाणिज्य संघमा पबिन्द्रकुमार श्रेष्ठ निर्वाचित

काठमाडौँ। तनहुँ उद्योग वाणिज्य संघको १६औं महाधिवेशनबाट अध्यक्षमा पबिन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

कडा प्रतिष्पर्धात्मक मतदानमा श्रेष्ठले अध्यक्षका अर्का प्रत्यासी बैकुण्ठनाथ मिश्रलाई ४१ मतले पछि पार्दै विजयी भएका हुन् ।

अध्यक्षमा विजयी श्रेष्ठले ८०६ मत पाए । अध्यक्षका प्रत्यासी मिश्रले ६६५ मत पाएका छन् ।

१ औं महाधिवेशनमा अध्यक्षमा कृष्णराज पण्डितसँग पराजित श्रेष्ठले १६औं महाधिवेशनमा भने जित सुनिश्चित गरेका हुन् । मतदानमा कुल १ हजार ४९४ मत खसेको थियो ।

अध्यक्षमा विजयी श्रेष्ठ र मिश्र दुवै कांग्रेसनिकट हुन् । श्रेष्ठका पक्षमा कांग्रेससँगै एमाले नेतृत्वको साथ थियो ।

महाधिवेशनबाट प्रथम उपाध्यक्षमा ईमकुमार मल्ल, द्वितीय उपाध्यक्षमा कुमार मल्ल, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, वस्तुगत सदस्यमा कृष्ण सुनार तथा एसोसिएट सदस्यमा शिवओम मल्ल सर्वसम्मत भइसकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।