image
image

नै महिनामा ३० गैंडाको मृत्यु

काठमाडौँ। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो। गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैंडा मरेका थिए। 

प्राकृतिक कारणले मरेका गैंडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन्। हालै गैंडा गणना भएपछि कुन क्षेत्रमा कति गैंडा छन् भन्ने यकिन तथ्याङ्क आइसकेको छैन।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले तथ्याङ्क निकालेपछि आवश्यक भएमा आन्तरिक स्थानान्तरणसमेत गरिने बताए। चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज लागिपरेको छ। केही तस्करीमा संलग्न पक्राउ परेपछि थप चोरी शिकार हुन पाएको छैन। गत वर्ष चोरी शिकार शून्य रहेको थियो। बरालले प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि घटाउने प्रयास जारी रहेको जानकारी दिए। सन् २०१५ पछि यस वर्ष गैंडा गणना गरिएको हो।

यस वर्षको गणनामा यस निकुञ्जमा ६९४ गैंडा भेटिएका थिए। यसअघिको गणनामा यो सङ्ख्या ६०५ मात्रै रहेको थियो। त्यसपश्चात स्नानान्तरण र चीनलाई उपहार दिइएको भए पनि सङ्ख्या भने वृद्धि भएको छ।

बाढीबाट केही गैंडा बगेर भारत पुगेको अनुमान छ। भारतबाट १० वटा गैंडा फिर्ता ल्याइएको भए पनि अझै केही गैंडा भारतीय भूभागमा रहेको अनुमान गरिएको छ। आशा गरेअनुसार गैंडाको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।