image
image

भारतमा पछिल्लो चार दिनदेखि दैनिक २ लाख ६१ हजार भन्दा बढी संक्रमित थपिए

काठमाडौँ। भारतमा पछिल्लो चार दिनदेखि दैनिक २ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमित थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ६१ हजार ५०० संक्रमित थपिएका हुन्। भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या यो हालसम्म कै सबैभन्दा बढी हो। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको छ।

यस्तै,। १ लाख ३८ हजार ४२३ जना भने संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको संक्रमणका कारण मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ७७ हजार १५० जनाको मृत्यु भइसकेको छ।

भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ लाख १ हजार ३१६ रहेको छ। आउने दिनमा संक्रमितको संख्या थप वृद्धि हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।