image
image
आईसीसी ट्वान्टी–२० विश्वकपः  नेपाललाई पराजित गर्दै बंगलादेश सुपर–८ मा

आईसीसी ट्वान्टी–२० विश्वकपः  नेपाललाई पराजित गर्दै बंगलादेश सुपर–८ मा

काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो।

पराजित भएसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा नेपालका लागि कुशल मल्लले एक चौका र एक छक्काको मद्दतमा ४० बलमा सर्वाधिक २७ रन जोडे।

दीपेन्द्र सिंह ऐरीले २५ रन बनाउँदा ओपनर आसिफ शेखले १४ बलमा १७ रन जोडे।नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुईरदुई विकेट हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।