image
image
प्रतिनिधि सभा बैठकमा आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठकमा आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ।  बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको मन्त्रालयगत छलफलले आज पनि निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह र नेमकिपाका सांसद प्रेम सुवालले ‘‘विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्’’ भनी खर्च कटौतीको प्रस्ताव गर्नेछन् । 

यसैगरी सांसद नागिना यादवले पनि ‘‘विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दा अर्का सांसद तेजुलाल चौधरीले खानेपानी मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नेछन् । 

सांसद मैना कार्की र रोशन कार्कीले पनि ‘‘विनियोजन विधेयक, २०८१ अन्र्तगत संचार तथा सूचना प्रविधि मन्त्रालयका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, सांसद द्वय डा.धवलशमशेर जगबहादुर राणा र राजेन्द्र बजगाँईले ‘‘विनियोजन विधेयक, २०८१ अन्र्तगत संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।