image
image
प्रधानमन्त्री प्रचण्ड र  भारतका नवनियुक्त मन्त्री जयशङ्करबीच शिष्टाचार भेट

प्रधानमन्त्री प्रचण्ड र  भारतका नवनियुक्त मन्त्री जयशङ्करबीच शिष्टाचार भेट

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका नवनियुक्त संघीय मन्त्री एस जय शंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री एस जयशंकरले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको बताएका छन् । सोमबार प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा भएको द्विपक्षीय भेटमा दुई देशबीचको आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको दाहाल सचिवालयले जनाएको छ ।

जय शंकरलाई बधाई दिँदै दाहालले आगामी दिनमा दुई देशबीच रहिआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । मन्त्री जय शंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा  प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएको दाहाल सचिवालयले जनाएको छ । 

भेटमा प्रधानमन्त्रीका सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।