image
image

सीसीएमसीको बैठक पनि आजै बस्ने, के होला निर्णय ?   

काठमाडौँ ०४ वैशाख । पछिल्लो समय कोरोना संक्रमण बढीरहेको छ। शुक्रबारकै तथ्यांक हेर्ने हो भने पनि पछिल्लो ४ महिनामा एकै दिन सबैभन्दा धेरै संक्रमित पुष्टि भएको हो । 

 कोरोना संक्रमण तथा त्यसको असरबारे समीक्षा गर्न सीसीएमसीको बैठक पनि आजै बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दैछ । बैठकमा बढ्दो कोरोनाको सङ्क्रमण जोखिम र जोखिम कम गर्ने विषयमा छलफल गर्ने तयारी छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई संवेदनशील घोषणा गर्दै ती क्षेत्रका विद्यालय र भीडभाड हुने ठाउँ बन्द गर्न अपिल गरिसकेको छ । तर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्कुल तत्काल बन्द नगर्न र सङ्क्रमणको अवस्था अनुसार निर्णय गर्न पालिकालाई जिम्मेवारी दिएको छ ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।