image
image
विगतको समीक्षा नगर्दा पनि तत्काल एमालेसँग एकताको सम्भावना छैन : अध्यक्ष नेपाल

विगतको समीक्षा नगर्दा पनि तत्काल एमालेसँग एकताको सम्भावना छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतको समीक्षा नगर्दा पनि तत्काल एमालेसँग एकताको सम्भावना नदेखिएको बताएका छन् । आज पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीको कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले, विगतको समीक्षा नगर्दा पनि एमालेसँग एकताको सम्भावना नदेखिएको भन्दै छिट्टै अर्को समाजवादी मोर्चाको पुनर्गठन गरेर सहकार्य गरेर जाने बताए । 

‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ, प्रचण्डजीको भूमिका पोजेटिभ छ तपाईंको पनि यस्तै सकारात्मक हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नु हुँदैन । हिजोको कुरा पनि बिर्सौं ठिक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन,’ उनले भने, ‘विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने अहिले के देखिएको छ भने सँगै जाऔँ भन्ने प्रस्ताव लिएर अहिले मोर्चा बनाएर अघि जाऔँ भन्ने प्रस्ताव लिएर विभिन्न दलसँग कुरा भइरहेको छ । समाजवादी मोर्चाका संयोजक विप्लव सकारात्मक हुनुहुन्छ, प्रचण्ड, अशोक राई, महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ । उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ । हामी छिट्टै अर्को समाजवादी मोर्चाको पुनर्गठन गरेर सहकार्य गरेर जानेछौँ ।’

उनले मधेश प्रदेशमा पुरानै गठबन्धनमा बस्नुहोस मुख्यमन्त्री लिनुहोस् भनेर प्रस्ताव आएको भन्दै केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने लागेर प्रस्ताव अस्वीकार गरेको बताए । परिस्थितिअनुसार केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको बताउँदै अध्यक्ष नेपालले त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिकालाई सकारात्मक रुपमा लिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।