image
image
गृहमन्त्री लामिछानेमा राजनीतिक नैतिकता देखिएन : नेता पौडेल

गृहमन्त्री लामिछानेमा राजनीतिक नैतिकता देखिएन : नेता पौडेल


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबीन समिति गठन भइसक्दा पनि सत्तामै बसिरहनु सान्दर्भिक नभएको बताएका छन् । लामिछानेमा नैतिकता नदेखिएको उनको आरोप छ । 

आज काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि पदमा बसिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ जस्तै हो भने । नैतिकता बोध नगरिने अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय रहेको बताए । 

‘कांग्रेसले ७३ लाख जनता जोडिएको एउटा मुद्दालाई निर्णायक मोडमा पु¥याएको छ । कांग्रेसले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरु जोडिएको अवस्था हो । सत्तालाई सम्पूर्ण रुपमा दुरुपयोग मुद्दा उठ्न नदिन, गुपचुप राख्न, प्रमाण लुकाउन सम्पूर्ण रुपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको स्थिति थियो,’ उनले अगाडि भने, ‘हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिरहेका छौं उहाँले राजीनामा दिनुपर्दैन भनेर फकाउने काम भएको छ ।’

उनले भने,‘कोही नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन । त्यसैले संसदले छानबिन समिति गठन भयो, त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास एउटा गम्भीर प्रतिगामी कदम हो । ’उनले नेपाली राजनीतिमा जसलाई प्रश्न छ उनलाई छानविन गरिएको र तिनै व्यक्तिले सत्ता चलाउने खालको अभ्यास भइरहेको भन्दै त्यस्तो प्रबृत्ति कांग्रेसले अन्त्य गरेर छाड्ने जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।