image
image
राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरियो : सांसद डाँगी

राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरियो : सांसद डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेको आरोप लगाएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले स्रोतको सुनिश्चितता नगरी राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास हुन थालिसकेको बताइन् । 

उनले भनिन्,‘हामीसँग राष्ट्रिय गौरवका आयोजनाहरु धेरै छन् । तर सामाजिक, आर्थिक मुल्याङ्न नगरिएका आयोजनाहरुमात्र छन् । राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु समेत घोषणा गरिदिन्छन् । स्रोतका सुनिश्चितता नगरी यस्ता घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास पैदा थालिसकेको छ ।’

उनले बिना आधारमा पूर्वाधारको लगानी गरेर राज्यको अर्वौ रकम खेर गइरहेको भन्दै  आवश्यक र आधारभुत पूर्वाधारको आवश्यकतामा काम नहुँदा जनताले दुःख पाएको टिप्पणी गरिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।