image
image
गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा

गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी–स्टेट प्रकरणको फाइल खोल्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको आरोप लगाएको बारे फाइल खोलेर कांग्रेसलाई कारवाही गर्न चेतावनी दिएका हुन् ।

उनले भने–सत्ता गठबन्धनको प्रमुख नेताले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर कमिसन खायो भनेर भन्नु भएको विषयमा गृहमन्त्री ज्यू के तपाइँ फाइल खोलेर कांग्रेसलाई दण्डित गर्न तयार हुनुहुन्छ ? म जान्दछु, खोल्न होइन बोल्न पनि उहाँ सक्न्नु हुन्न । भन्न सक्ने भए शिक्षामन्त्रीज्यु उपरको शब्द फिर्ता लिनुस पुर्व प्रधानमन्त्री ज्यू भनेर दमदार ढंगले भन्न सक्नु हुन्थ्यो, नम्रता पुर्बक पनि भन्न सक्नु हुन्थ्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।