image
image
आइसीसी टी–२० विश्वकपः भारतको विजयी शुरुवात

आइसीसी टी–२० विश्वकपः भारतको विजयी शुरुवात

 

काठमाडौं । जारी आइसीसी टी–२० विश्वकपमा भारतले विजयी शुरुवात गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले आयरल्याण्डलाई २ विकेटले पराजित गरेको हो ।समुह ए अन्तर्गतको यस खेलमा आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले १२.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाएका थिए भने ऋषव पन्तले ३६ रन बनाए भने सूर्यकुमार यादवले २ रन बनाएका थिए । रोहित शर्मा ५२ रन बनाएर रिटायर हर्ट भएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले १६ ओभरमा अल आउट हुदै ९६ रन बनाएको थियो । आयरल्याण्डका लागि ग्यारेथ डेलानीले सर्बाधिक २६ रन बनाएका थिए भने जोश लिटिलले १४, कर्टिस काम्फरले १२ तथा लोर्कान टेक्टरले १० रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर हार्दिक पाण्डेयले ३ विकेट लिए भने जसप्रीत बुमराह र अर्शदीप सिंहले २–२ तहत मोहमद सिराज र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

यो जितसँगै भारतले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब आयरल्याण्डले दोस्रो खेल जुन ७ मा क्यानडाविरुद्ध खेल्दै छ । त्यसै गरी भारतले भने जुन ९ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।
 
              

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।