image
image
कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र ढकालको इजलासमा

कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र ढकालको इजलासमा

काठमाडौं । पुर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको कोशी सरकारविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा  सुनुवाइ हुने भएको छ ।

रिटको पेशी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजालसमा तोकिएको छ । यसअघि जेठ १६ गते न्यायाधीश मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले  सो रिट हेर्न 'नभ्याइने'मा राखेको थियो।

निर्वतमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका हुन् ।

प्रदेश प्रमुख खापुंगले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै त्यसका विरुद्ध मुख्यमन्त्री कार्की सर्वोच्च पुगेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र ५२ सांसदको समर्थनमा हिक्मत कार्कीले मुख्यमन्त्रीमा दावी गरेका थिए । सनाखत पछि प्रदेश प्रमुख खापुङ्गले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।