image
image
बरु बाघ भालु लैजानुहोस्, चिडियाखाना कुनै हालमा भक्तपुरमा सार्न दिँदैनौं : चिरिबाबु महर्जन

बरु बाघ भालु लैजानुहोस्, चिडियाखाना कुनै हालमा भक्तपुरमा सार्न दिँदैनौं : चिरिबाबु महर्जन


काठमाडौं । ललितपुर महानगरपािलकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रष्ट पारेका छन् । आज वातावरण दिवसको अवसर पारेर ललितपुरको जावालाखेलमा राष्ट्रिय प्रकृतिक संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरले चिडियाखानाको विकासमा सहकार्य गर्दै आएको र थप गर्ने बताए ।  

यस्तै, उनले चिडियाखाना भित्र रहेको पोखरीमा पानीको मुहान सुकेको प्रति चिन्ता व्यक्त गरे । उक्त पोखरीको संरक्षण गर्न टिकाभैरवबाट पानी ल्याएर पोखरीमा पानी हाल्ने महानगरको योजना टेण्डर प्रकृयामा पुगेको जानकारी गराउँदै उनले उनले भने, ‘हामीले टेण्डर गरिसकेका छौं त्यो मूल्यांकनको चरणमा छ । हामी टिकाभैरवको पानी ल्याउँछौं र त्यो सप्तपातल पोखरीमा भरिसकेपछि एउटा कूलो बनाएर चिडियाघरको बिचमा रहेको पोखरीमा हामी पानी ल्याउँछौं भनेको थिए त्यो काम होला होला जस्तो भैरहेको छ ।’

चिडियाखानाको विकासका लागि राम्रो योजना बनाएर लयाए सहकार्य गर्न महानगर तयार रहेको बताएका महर्जनले चिडियाखाना सूर्यविनायकमा सार्न भने नदिने दाबी गरे । ‘आज हाम्रो मन्त्रीज्यु पनि हुनुहुन्छ मैले यो कुरा भन्नै पर्ने हुन्छ, यो सरदर चिडियाखाना हामी सूर्यविनायकमा सार्न दिदैनौ । तपाईंहरु अर्कै बनाउनुहोस् यहाँ बढी भएका बाघ भालु बरु लानुहोस् तर यो ठाउँ चाँही हामी सार्न दिँदैनौ,’ महर्जनले भने । 

राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ मा जावलाखेलमा रहेको सदर चिडीयाखाना साघुँरो भएका कारण जीवजनावर राख्नको लागि नयाँ र आधुनिक किसिमको  चिडियाखाना निर्माण गर्नुपर्ने आवश्यकता अध्ययन मार्फत औंल्याएको थियो । 

त्यसपछि २०७१ माघ १० गते मन्त्रिपरिषद् बैठकले भक्तपुरको सूर्यविनायकमा चिडियाखाना बनाउने निर्णय गरेको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ३ गते उक्त आयोजनाको शिलन्यास समेत गरिसकेका छन्  तर, चिडियाखाना निर्माण योजनाले गति लिन सकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।